काठमाडौं ३१ असार ।
कोरोना भाइरस संक्रमणका कारण नेपालमा बुधबार थप एक जनाको मृत्यु भएको छ ।
रौतहटको पर्रोहा नगरपालिका ७ का ३६ वर्र्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यस सगैँ नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।