काठमाडौँ २७ असार ।
नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप तीनजनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।
काठमाडौँका दुई तथा सिन्धुपाल्चोकका एक जना गरी थप तीनजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।