काठमाडौं २५ असार ।
सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले सिट क्षमताको आधारमा आधा यात्रु राखेर सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्र र उपत्यकाबाहिर सम्बन्धित जिल्लाभित्र मात्र सार्वजनिक यातायातका साधन चलाउन पाइने सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । चालक र सहचालकले मास्क र स्वास्थ्य सुरक्षाका सामाग्री अनिवार्य लगाउनुपर्नेछ ।
सवारी साधनमा सेनिटाइजर राख्नुपर्नेछ भने यात्रुले मास्क अनिवार्य लगाउनका साथै सामाजिक दूरी कायम गरी यात्रु राख्नुपर्ने छ । यातायातको साधन लाई नियमित निर्मलीकरण गर्नुपर्ने छ ।यो संगै सार्वजनिक यातायातको भाडा ५० प्रतिशत बढाउने सरकारले निर्णय गरेको छ ।