काठमान्डौ २३ असार ।
सरकारले अतिरिक्त महानिरीक्षक( एआइजी शैलेश थापालाई नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा बढुवा गरेको छ । मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले थापालाई बढुवा गरेको हो । थापाले बिहीबारदेखि कार्यभार सम्हाल्नेछन् ।
वर्तमान आइजिपी ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारपछि अवकाश पाउँदैछन् । उनले २०७६ माघ २९ गते आइजिपीको जिम्मेवारी सम्हालेका थिए ।