Birat Post मंगलबार, आषाढ १६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१६ असार  /
प्रदेश १ मा ११ हजार प्रदेश प्रहरीको दरबन्दी कायम गर्ने तयारी गरिएको छ ।
आजको प्रदेश सभा वैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले प्रदेश १ मा ११ हजार प्रदेश प्रहरीको दरबन्दी कायम गर्ने तयारी गरिएको जानकारी दिए । प्रदेश सरकार मातहत रहने प्रदेश प्रहरीको संख्याबारे सैद्धान्तिक सहमति भइसकेको मन्त्री कार्कीको दाबी छ ।

प्रदेश सरकारले सदनमा प्रदेश प्रहरीसम्बन्धी विधेयक ल्याउने तयारी पनि थालिसकेको कार्कीले बताए । आगामी आर्थिक वर्षको बजेटमा आन्तरिक मामिला मन्त्रालयतर्फ विनियोजित शीर्षकको विषयमा प्रदेशसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिंदै कार्कीले प्रदेश प्रहरीका लागि संघीय सरकारले राशन र पोसाक व्यवस्थापन गरिदिने जानकारी दिए ।

प्रदेश सरकारले सवारीसाधन र कार्यालयको व्यवस्थापन गर्ने कार्कीले बताए । कार्कीका अनुसार प्रदेशमा साढे ७ सय जति प्रहरी कार्यालय बनाउनु पर्नेछ । यो वर्ष १सय २५ वटा कार्यालय बन्नेछन् । प्रहरीका लागि थप २० वटा गाडी किन्ने योजना रहेको पनि कार्कीले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल