Birat Post आइतबार, आषाढ १४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १४ असार ।
मोरङमा आइतबार एकैदिन एक महिला सहित १६ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित सबै जना मोरङको सुनबर्सी नगरपालिकाका हुन् । उनीहरु भारतको मुम्बई र दिल्लीबाट आएर क्वारेन्टिनमा बसेका थिए । १७ जनामध्ये सुनबर्सी वडा नम्बर ६ का सातजना, ७ का तीनजना र ९ का सात जना रहेको सुनबर्सी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख किशोर मण्डलले जानकारी दिए ।

१६ जना पुरुषलाई पूर्वाञ्चल विश्वविद्यालयको अस्पतालमा र एक जना महिलालाई विराटनगरको कोशी अस्पताल कोभीड १९ उपचार केन्द्रमा लगिएको छ । उनीहरु १८ देखि ५८ बर्ष उमेर समूहका रहेका छन् । यस्तै झापाको हल्दीबारीका दुईजना महिला, सुनसरीमा एकजना पुरुष, उदयपुरको कटारीका तीन जना महिला र दुई जना पुरुष, त्रियुगा नगरपालिकाका एक जना र इलाममा एक जनालाई नोभेल कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै प्रदेशमा एकमा २७ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेश एकमा पाँच सय ६० संक्रमितको संख्या पुगेको छ भने तीनसय ७८ निको भएर घर फर्केको प्रदेश एक सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल