विराटनगर १४ असार ।
जननेता मदन भण्डारीको ६९औँ जन्मजयन्तीमा बिबिध कार्यक्रम गरी मनाइने भएको छ । मदन भण्डारी फाउण्डेशनले काठमान्डौ लगायत देशका विभिन्न भागमा कार्यक्रम गर्दै छ । यस्तै नेकपाले जिल्लाका विभिन्न स्थानमा समेत कार्यक्रम आयोजना गर्दैछन् ।
सार्वजनिक स्थलमा फलफूलको विरुवा रोप्ने ,फलफूल तथा तरकारीका बिऊबिजन वितरण गर्ने, किसानका बीचमा एकापसमा अनुभव साटासाट गर्ने लगायतका कार्यक्रम गरिन लागेको छ । यस्तै नेकपा मोरङले समेत जननेता मदन भण्डारीको ६९औँ जन्मजयन्तीका अबसरमा विबिध कार्यक्रम सार्वजनिक गरेको छ ।
तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो । ताप्लेजुङको ढुङ्गेसाँघुमा विसं २००९ असार १४ मा जन्मेका भण्डारी कम्युनिष्ट आन्दोलनका नायक हुन् भने जनताको बहुदलिय जनबादका प्रणेता समेत हुन् ।