पर्सा १३ असार ।
नेपालमा पनि सलहको प्रबेश भएको छ । यस संगै ‘सलह’को त्रास बढेको छ । शनिबार बिहानबाट ‘सलह’ किरा प्रदेश २ का तीनवटा जिल्लामा प्रवेश गरेको हो । यस कुराको भूमि व्यवस्था कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले पुष्टि गरेका छन् ।
सलह प्रदेश २ को सर्लाही, बारा र पर्सा जिल्लामा फेला परेको छ । सलहको कारण कृषिमा ठूलो क्षति हुनसक्ने आंकलन गर्दै यसको नियन्त्रणको लागि प्रदेश २ सरकार जुटेको छ । सवै विधि प्रयोग गरेर समस्या समाधानमा जुट्ने मन्त्री यादवले बताए । सलह प्रबेश संगै कृषकहरु चिन्तित भएका छन् ।