विराटनगर,११ असार ।
विराटनगर स्थित १८ मा रहेको एकीकृत जाँच भन्सार बिन्दु (आईसीपी) छेउमा खाल्टोमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ८ बर्षिय कुन्दन कुमार मण्डल रहेका छन् । आइसीपी बनाउंदा जथाभावी खनिएको खाल्डो व्यवस्थित नगर्दा घटना घटेको स्थानियले आरोप लगाएका छन् ।
यस संगै आक्रोशित स्थानियले आईपीसी गेटमा तालाबन्दी गरेका छन् । स्थानीय बासीहरुले आईसीपीको बाटो वनाउंदा जथाभावी खाल्डो खनेको तर व्यवस्थीत रुपमा खाल्डोहरु नपुर्दा दुर्घटना हुन पुगेको बताएका छन् । नेपाल भारतको समन्वयमा बनेको एकीकृत जाँच भन्सार बिन्दु (आइसीपी) छेउछाउ ठूलठूला खाडलहरु रहेका छन् ।