विराटनगर ४ असार ।
विराटनगर महानगरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नंं–१२ का २२ वर्षिय एक युवकमा कोरोना संक्रमण देखिएको हो । उनी केही दिनअघि भारतबाट आएका थिए ।
महानगरको क्वारेन्टिनमा बस्दै आएका उनको प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको विराटनगर महानगर जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । यो समेत विराटनगरमा कोरोना संक्रमितको संख्या ८ पुगेको छ ।