Birat Post आइतबार, आषाढ ०७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ७ असार । 

आइतबार इतिहासकै दुर्लभ सूर्यग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्ने छ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने छ । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट ग्रहण देख्न सकिने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

सूर्यलाई झन्डै ९० प्रतिशत ढाक्ने गरी लाग्ने ग्रहणका समयमा दुई नक्षत्र (मृगशिरा र आरद्रा) परेका छन् । यस्तो विरलै पर्ने हुँदा दुर्लभ भनिएको हो । ज्योतिष गणकहरुले यो विशेष किसिमको ग्रहण भएकाले कोरोना महामारीले आतंकित बनाइरहेका बेला झनै अन्य प्राकृतिक विपत् आउने हो कि भन्ने भन्ने भय एकातिर भएको र अर्कोतिर ग्रहणपछि सबै कुरा मत्थर हुँदै जान्छ कि भन्ने झीनो आशा पनि रहेको बताएका छन् ।

हुन त ग्रहण लाग्नु पृथ्वीवासीका लागि अनुकूल होइन ।आकाशीय पिण्ड अर्थात् ग्रह–ताराहरुको नियमित प्रभाव पृथ्वीमा परिरहेको हुन्छ । सूर्यको प्रभावको त लेखाजोखा नै नगरौँ । पृथ्वीमा रहने हरेक वनस्पति र प्राणीका लागि सूर्य जीवनदायिनी शक्ति हो । वैज्ञानिक दृष्टिमा ग्रहण लाग्नु खगोलीय एक घटना हो तर यस बेला पृथ्वीमा नकारात्मक विकिरण प्रवाह हुने कुरा वैज्ञानिकले पनि स्वीकारेका छन् । यस विकिरणले मानवस्वास्थ्यमा नराम्रो असर गर्छ । त्यसैले सोझै आँखाले ग्रहणतिर हेर्नुहुँदैन ।

धार्मिक मान्यता अनुसार यस अवधिमा निदाउनुहुँदैन । यदि निदायो भने रोग लाग्छ भनिएको छ । त्यस्तै सकेसम्म दिसा–पिसाब गर्नुहुँदैन । खानपान गर्नुहुँदैन । सम्भोग गर्न हुँदैन । गर्भिणीले घरबाहिर निस्कनु झनै राम्रो मानिदैन । पूर्वीय संस्कृतिका यी मान्यतामा वैज्ञानिकता छ । ग्रहण लागेको समयमा आउने विकिरणले नकारात्मक प्रभाव पार्ने भएकाले हामीले सजग हुनु नै कल्याण छ । धार्मिक क्षेत्रमा मन लगाउ । भजन कृतन गरौ । योगसाधना र अभ्यास गरौ ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल