Birat Post बिहिबार, आषाढ ०४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर, ४ असार ।

प्रदेश १ स्थित पूर्वाञ्चल विश्वविद्यालय आईसोलेसन उपचार केन्द्र सुन्दरहरैचामा उपचाररत ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। विहिवार एक अनौपचारिक कार्यक्रमका वीच प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सांसद लोकप्रसाद संग्रौला, राजकुमार ओझा, सुन्दरहरैचाका मेयर शिव ढकाल, उपप्रमुख धना तामाङ लगायतले डिस्चार्ज भएकाहरुलाई विदाई गरेका छन् ।

डिस्चार्ज हुनेमा मोरंङका ९ र सुनसरीका १६, झापाका ११, भोजपुरका ४ जना रहेका छन् । अस्पतालबाट डिस्चार्ज भएकाहरुलाई विदाई गर्दै मन्त्री घिमिरेले प्रदेश १ मा कोरोना नियन्त्रण हुँदै गएको बताए । कोरोना संक्रमण अन्त्यको आधार तय हुँदै गएको भन्दै खुसी व्यक्त गरेका छन् ।
प्रदेश १ मा मंगलवार सम्ममा ४० जना डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या २ सय २४ पुगेको छ । संक्रमितको संख्या ४ सय १६ रहेको छ । संक्रमित मध्ये २९ जना कोशी कोभिड अस्पताल विराटनगरमा, ८५ जना पूर्वाञ्चल विश्वविद्यालय गोठगाँउ र ७८ जना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल