विराटनगर ४ असार /
विराटनगर महानगरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नंं–१० की ३४ वर्षिया एक महिला र उनको ८ महिनाको छोरालाई समेत कोरोना संक्रमण देखिएको हो । उनीहरु केही दिनअघि भारतको सिलगुढीबाट आएका थिए ।
होम क्वारेन्टिनमा बस्दै आएका उनीहरुको कोसी अस्पतालमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । आमामा कोरोना देखिएपछि ८ महिने बच्चाको पनि स्वाब संकलन गरी थप परीक्षण गर्दा दुवैमा कोरोना संक्रमण पुष्टि भएको विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रमेश क्षेत्रीले जानकारी दिए । यो समेत विराटनगरमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ ।