विराटनगर ३ असार ।
प्रदेश १ मा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस संगै कोरोना संक्रमितको संख्या ४ सय १६ पुगेको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताका अनुसार झापा, मोरङ र उदयपुरका गरी थप १४ जना संक्रमित थपिएका हुन् ।
मोरङको रतुवामाई नगरपालिकामा ९ , झापामा १ र उदयपुर त्रियुगा नगरपालिकामा ४ जनामा कोरोना संक्रमण भेटिएको हो ।