काठमान्डौ १ असार ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकारका विरुद्ध प्रदर्शन गरेको छ । बर्तमान कोरोना महामारी नियन्त्रणमा सरकारले प्रभावकारी काम नगरेको, आर्थिक अनियमितता गरेको , नागरिकले स्वास्थ्य सेवा नपाएको साथै क्वारेन्टिनहरु मापदण्ड अनुसार व्यवस्थित नभएको लगायतका विषयलाई लिएर प्रदर्शन गरेको नेविसंघ अध्यक्ष राजीव ढुङ्गानाले जानकारी दिए ।
सोमबार काठमाडौंको विजुलीबजारबाट ¥यालीसहित निस्केको नेविसंघले नयाँ वानेश्वर पुगेर कोणसभा गरेको थियो । कोणसभामा सहभागी नेविसंघ नेताहरुले कोरोना महामारी नियन्त्रणका लागि खर्च भएको सवै हिसाब सार्वजनिक गर्नुपर्ने, विदेशमा रहेर नेपाल आउन चाहनेहरुको उद्धार गर्नुपर्ने,पीसीआर परीक्षण सहजरुपमा गर्नुपर्ने बताएका थिए ।