काठमान्डौ ३२ जेष्ठ ।
अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे निर्णय गर्न बोलाइएको नेकपाको केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठकको समय तोकिएका थियो ।
बैठक अकस्मात स्थगित भएको विषयमा थप कुरा केही आएको छैन । बैठकको समयभन्दा एक घण्टाअघि मात्र स्थगित भएको हो । नेकपाका महासचिव विष्णु पौडेलले आकस्मिक काम परेकाले बैठक स्थगित भएको जानकारी दिए ।