काठमान्डौ ३२ जेष्ठ ।
सरकारले निजी प्रयोगशालाहरूलाई समेत कोरोना भाइरसको परीक्षण गर्न दिने निर्णय गरेको छ। स्वीकृति लिएर संकलन भएका नमूनाहरू प्रकृया पुरा गरी निजी प्रयोगशालाहरूलाई समेत परीक्षण गर्न दिइन लागेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निजी प्रयोगशालामा गरिने परीक्षणको खर्च स्वास्थ्य मन्त्रालयले व्यहोर्ने जानकारी दिए ।