सोलुखुम्बु ३२ जेष्ठ ।
सोलुखुम्बुमा खहरेखोलाले ढुवानीमा प्रयोग गरिएको मिनी ट्रक बगाएको छ । सोलु दूधकुण्ड नगरपालिका र थुलुङ दूधकोशी गाउँपालिका सिमानामा रहेको भित्तेखोलाले मिनी ट्रक बगाएको हो ।
ट्रक बिग्रिएका कारण केही दिन यता सो ठाउँमा पार्किङ गरी राखिएको बताएको छ । बा ३ क ३५५६ नं.को ट्रक वर्षासहित आएको भेलले सडकदेखि करिब ५० मिटर तल बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । बिधुत प्राधिकरणको ग्रामीण विद्युतीकरणका लागि आवश्यक पोल ढुवानीमा प्रयोग भइरहेको सो मिनीट्रक धनीको खोजि भइरहेको प्रहरीको भनाइ छ ।