काठमाडौं ३१ जेष्ठ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनसँगै एउटा कोर्स पूरा भएको र अव भारत संग वार्ता हुने बताएका छन् । लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको निशानछान समावेश गरी सर्वसम्मतले संविधान संशोधन भएपछि प्रतिक्रिया दिदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
सदले सर्वसम्मतरुपमा शनिबार साँझ संविधान संशोधन प्रस्ताव पारित गरेको छ । संविधान संशोधनमा सवैको सहयोग र एकता देखिएको ओलीले बताए । प्रतिनिधिसभामा उपस्थित २५८ सांसदद्वारा सर्वसम्मतले संविधान संशोधनका पक्षमा मतदान गरेका थिए ।