विराटनगर २८ जेष्ठ ।
मोरङमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा परीक्षण गर्दा बुधबार ८ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित सबै रतुवामाई नगरपालिकाका रहेका छन् । नगरपालिकाको सौठा क्वारेन्टाइनमा बसिरहेका ३ जना र इटहरा क्वारेन्टाइनमा बसिरहेका ५ जनामा कोरोना पोजेटिभ देखिएको हो । बुधबार ८ जना थपिएसँगै मोरङमा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ ।