विराटनगर २७ जेष्ठ ।
कोशी अस्पताल विराटनगरको कोभिड १९ उपचार केन्द्रबाट मंगलबार थप ६ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।
उदयपुरको भुल्केकी ४५ बर्षीया हुसुना खातुन, सोलुखुम्बुको २८ बर्षीय एकराज मगर डिस्चार्ज भएका हुन् । यस्तै, झापाका २९ बर्षीय सुमन मुर्मु, १९ बर्षीय तालिम आलम, १९ बर्षीय कासिप आलम र २५ बर्षीय सहलम आलम डिस्चार्ज भई घर फर्केको उपचार केन्द्रका इञ्चार्ज डा. दिपक सिग्देलले बताए । केन्द्रबाट हालसम्म ६३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् भने हाल २३ जना उपचाररत छन् ।