Birat Post मंगलबार, जेठ २७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

रामकृण्ण अवतार / 

काठमाडौंको हनुमानढोका दरबारको प्रांगणको उत्तरपश्चिमी भागमा काल भैरवको ठूलो प्रस्तर मूर्ति छ । कालो प्रस्तरबाट बनेको यो मूर्ति अति ठूलो र डरलाग्दो छ । यो मूर्ति १२ फिट अग्लो छ । यो मूर्ति प्राचीन कालतिर बनाइएको मानिन्छ तर यस स्थानमा यसको स्थापना भने कान्तिपुरे राजा प्रताप मल्लले गराएका हुन् । कतिपय श्रद्धालुहरू काल भैरवलाई काली मानेर पनि पूजाआजा गर्ने गर्दछन् ।

शवमाथि उभिएको तथा नरमुण्डमाला लगाएको काल भैरवको मूर्तिलाई बेग्लै मन्दिर नबनाएर त्यत्तिकै खुला आकाशमुनि एउटा पर्खालमा टँसाएर राखिएको छ । मध्यकालतिर काल भैरव मूर्ति अगाडि अपराधीलाई दण्ड–सजाय दिने चलन थियो । यसको अगाडि उभ्याएर अपराधीलाई अपराध स्वीकार गर्न लगाइन्थ्यो । साथै कतिपय अपराधीहरु त यहाँ आइपुग्नासाथ डरले आफैं मर्दथे भनिन्छ ।यस्तो डरलाग्दो मूर्ति आफु भने हाँसिरहेको छ । कालभैरवको मूर्ति हेर्नु भयो भने तपाईले पनि भैरवको मुख हाँसेको र हाँस्दा दाँत पनि देख्नु हुनेछ ।

किन हाँसे त काल भैरव रुकालभैरवको मूर्ति हास्नुको कारणका बारेमा रमाइलो किंवदन्ती छ ।पहिले पहिले कुनै कसुरमा दसी प्रमाण नभेटिएमा कालभैरवको पाउ छुवाएर किरिया खुवाउने चलन थियो । यसरी किरिया खाँदा यदि झुट्टा बोल्यो भने तत्काल त्यहीं रगत छादेर मर्ने गर्थ्यो ।यौटा हाकिम बडो घुस्याहा थियो तर उसले गरेको बदमासीको प्रमाण कसैले नपाउने गरी गर्दथ्यो । उसका विरुद्ध उजुर पर्‍यो । उजुरी गर्ने अति नै विश्वासिला मानिस थिए तर हाकिमका विरुद्धमा भने कसै गर्दा पनि प्रमाण भेटिएन । प्रमाण नभेटिएकाले उसलाई कालभैरवको पाउ छुवाएर किरिया खुवाइने फैसला भयो । किरिया खुवाउँने दिन भनेर भोलीपल्टलाई नै तोकियो ।

फैसला पछि घर आएको ऊ नुन खाएको कुखुराजस्तै झोक्राएर बसिरह्यो । उसकी आमाले यो देखेर उसलाई सोधिन् । उसले पनि सबै सत्य कुरो आमालाई बताइदियो ।आमाचाहिंले “ए१ यत्ति कुरामा किन पीर लिनु” भनेर उसलाई योबाट बच्ने सजिलो तरिका भएको कुरा बताइन् । त्यसका लागि उसलाई नाङ्गै भएर आफ्नो काखमा बसेर दूध चुस्न लगाइन् र भोलिपल्ट भन्नु पर्ने सबै कुरा सिकाइन् ।

भोलिपल्ट सबै भैरवस्थानमा जम्मा भए र ऊ पनि गयो । जब उसलाई किरिया खान भनियो अनि उसले कालभैरवको पाउ समातेर “मैले अजान छँदा, नाङ्गै आमाको काखमा बसेर दूध खानुअघि त के के गरें भन्न सक्दिन तर त्यसपछि मैले आजको दिनसम्म घुस खाने वा कुनै नगर्नु हुने काम गरेको छैन । भए यहीं रगत छादेर मेरो मृत्यु होस् ।”उसले यति चलाखीपुर्ण किरिया खाएको सुनेपछि त्रिकालदर्शी कालभैरवको मूर्ति पनि हाँस्यो । र, आजसम्म हाँसेकै छ रे ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल