विराटनगर २६ जेष्ठ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ सय ७७ पुगेको छ । सोमवार २० जना नयाँ कोरोना संक्रमित थपिए संगै प्रदेशमा संक्रमितको संख्या २ सय ७७ पुगेको हो । प्रदेश १ का सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ९, झापामा १० र सुनसरीमा १ जनामा संक्रमण देखिएको हो ।
प्रदेश १ का संक्रमितहरूको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगर, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेज गोठगाउँमा उपचार भइरहेको छ । हाल सम्म संंक्रमितमध्ये ९० जना उपचारपछि घर फर्किएको मन्त्रालयले जनाएको छ ।