विराटनगर ,जेष्ठ
विराटनगर स्थित कोशी अस्पतालको सुप्रिटेन्डेन्टमा डां.चुमनलाल दास आउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बिहीबार कर्मचारीको जिम्मेवारी हेरफेर गर्ने क्रममा डां. दासलाई कोशी अस्पतालको जिम्मेबारी दिएका हुन् ।
यस्तै कोशी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट रहेर काम गरिरहेकी डां. संगीता मिश्रलाई परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल निर्देशकको जिम्मेवारी दिइएको छ । कोरोनाको विशेष परिस्थितिमा समेत मिश्रले दिनरात नभनी कार्यक्षेत्रमा खटिएर काम गरेकी थिइन् ।