काठमान्डौं २२ जेष्ठ ।
काठमाडौंका व्यवसायीहरुले आजबाट पसल,ब्यवसाय खोल्ने भएका छन् । ब्यवसायीले ११ बजेसम्म पसल, व्यवसाय खुला गर्ने बुधवार एकतर्फी निर्णय गरेसंगै पसल ब्यवसाय खुल्ने तयारीमा स्थानीय ब्यवसायी जुटेका छन् । साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले गरेको निर्णयलाई जसरी पनि कार्यान्वयन गर्ने पक्षमा ब्यवसायी अडिग रहेका छन् ।
ब्यवसायहिरु अहिले पसल अगाडी पुग्ने क्रम जारी रहेको त्यहाँ स्थित हाम्रा संम्बाददाताले जनाएका छन् । समाजिक दुरी कायम गरेर व्यवसाय सन्चालन गर्ने ब्यवसायीले जनाएका छन् । काठमान्डौंका हकमा प्रशासन तथा स्थानिय सरकारका पक्षबाट कुनै निर्णय भएको छैन ।