काठमाडौं २१ जेष्ठ ।
राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको प्रस्ताव गरेको छ । मोर्चाले संघीयता खारेजीको माग गर्दै संविधान संशोधन प्रस्ताव दर्ता गराएको हो । संघीयताको विपक्षमा आवाज उठाउदै आएको जनमोर्चाले बुधबार संसद सचिवालयमा नेपालको संविधानमा रहेका संघीयता सम्बन्धी सबै व्यवस्था खारेज गर्नुपर्ने माग राख्दै संशोधन प्रस्ताव दर्ता गराएको छ । संविधान संशोधनका गर्न संसदमा दुई तिहाइ बहुमत चाहिन्छ तर पनि जनमोर्चाबाट दुर्गा पौडेल एक जनामात्र सांसद रहेकी छिन् ।