Birat Post मंगलबार, जेठ २०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २० जेष्ठ ।
निरन्तरको लकडाउनका कारण जनता भोकै पर्ने अवस्था आएको भन्दै प्रदेश १ का सांसदहरूले लकडाउनको विकल्प खोज्न र जनतालाई राहत दिन सरकारसँग माग गरेका छन् । मंगलवार प्रदेश सभा वैठकको शुन्य समयमा वोल्दै सांसदहरूले निरन्तरको लकडाउनले जनता भोकै परेका कारण लकडाउनको बिकल्प खोज्न माग गरेका हुन् । सांसद चुमनारायण तवदारले लकडाउनका कारण जनता भोकै पर्ने अवस्था आएकाले विकल्प खोज्न माग गरे ।

लकडाउनलाई व्यवस्थित पार्दै दैनिकी सहज नपारे जनता आन्दोलनमा उत्रन बाध्य हुने उनको भनाइ थियो । लकडाउनका कारण जनता भोक भोकै पर्दासमेत सरकार रमिते बनेको सांसद जयराम यादवले बताए । लकडाउन निरन्तर बढाउँदा जनता भोकै मर्ने अबस्था आएको र निर्वाचिन जनप्रतिनिधिलाई राहत बाँड्न दबाव परेको यादवको भनाइ छ ।

उनले स्थानिय तहले एक पटक बाहेक सरकारबाट जनताले कुनै पनि किसिमको राहत नपाएकाले प्रदेश सरकारको तर्फबाट पनि जनतालाई राहतको व्यवस्था गर्न यादवले माग गरे । यादवले प्रदेशमा सञ्चालित क्वारेन्टाइन नै रोग फैल्याउने डर भएकाले क्वारेन्टाइन व्यवस्थित पार्न सरकारसँग माग गरे । क्वारेन्टाइन व्यवस्थित पार्न वा घरमै सुरक्षित रुपमा बस्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण पनि गराए ।

सांसद विमल कार्कीले नदिजन्य पदार्थको उत्खनन् व्यवस्थित पार्न माग गरे । संसदमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुसियतले प्रदेश वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ को विषयमा सांसदले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल