विराटनगर २० जेष्ठ ।
प्रदेश १ मा कोरोना भाइरस संक्रमणलाई जितेर घर फर्कनेको संख्या ४८ पुगेको छ । विराटनगरस्थित कोशी अस्पताल बाट हाल सम्म कोभिड–१९को उपचार गरी ३० जना संक्रमण मुक्त भएर घर फर्किएका छन् भने १ सय १९ जना संक्रमितहरु उपचाररत रहेका छन् ।
यस्तै विपि कोरोना स्वास्थ्य विज्ञान प्रतिष्ठान बाट हाल सम्म १८ जना कोरोना भाइरस संक्रमण मुक्त भएर घर फर्किएका छन् भने हाल ८० जना उपचाररत छन् । कोरोना सक्रमितको संख्या थपिइरहेको छ । भारतवाट आएका नेपाली नागरिकहरु सहित क्वारेन्टाइन बस्नेको संख्या पनि बढेको छ ।