विराटनगर १८ जेष्ठ ।
विराटनगर महानगरपालिकाले वडा नं. ४ इक्राई चोकमा आधारभूत स्वास्थ्यकेन्द्र स्थापना गरेको छ । ठूलो जनघनत्व भएको इक्राइमा स्वास्थ्य केन्द्र नहुदा सामान्य जाच गर्न समेत स्थानीयहरुले समस्या बेहोरिरहेका थिए । एक जना डाक्टर र नर्स रहने गरी स्थापना गरिएको आधारभूत स्वास्थ्यकेन्द्रका लागि एउटा कोठा स्थानीय समाजसेवी बीरेन्द्र यादवले उपलब्ध गराएका छन् ।
यही केन्द्रको आइतवार विराटनगर महानगरका मेयर भीम पराजुलीले उद्घाटन गरेका छन्। नगरका हरेक क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यका साथ महानगरले काम गरिरहेको मेयर पराजुलीले बताए । कार्यक्रममा विराटनगर महानगरका उपमेयर इन्दिरा कार्की,प्रमुख प्रशासकिय अधिकृत ,वडा नं.४ का वडाध्यक्ष देवेन्द्र पोखरेल ,महानगरका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की लगायतको सहभागिता रहेको थियो ।