विराटनगर १४ जेष्ठ ।
नेपाल प्रेस युनियनको २९ औ स्थापना दिवसका अवसरमा मोरङ शाखाले पत्रकारहरुलाई पहेलो प्रेस ज्याकेट र मास्क वितरण गरेको छ । जीपी कोईराला फाउन्डेसन मोरङ शाखा र प्रेस युनियन मोरङको सहकार्यमा मोरङको उत्तरी क्षेत्र बेलवारी,उर्लाबारी,पथरी ,लेटाङमा रहेर काम गरिरहेका पत्रकारहरूलाई पहेलो प्रेस ज्याकेट र मास्क प्रदान गरिएको हो ।
बेलबारीमा भएको एक अनौपचारिक कार्यक्रमका वीच बुधबार १५ जना पत्रकारलाई ज्याकेट तथा मास्क बितरण गरिएको छ । वितरण कार्यक्रममा अग्रज पत्रकार शंकर खरेल ,शेखर रेग्मी ,प्रेस युनियन दोस्रो कार्यकालका सभापति भोजराज बस्नेत ,उपाध्यक्ष कौशल निरौला,विनोद सुवेदी ,हरी कोइराला ,सहसचिव विबेक मिश्र लगायतको सहभागिता रहेकोे थियो ।
प्रेस युनियन मोरङले विद्यामान लकडाउनका कारण सामाजिक सन्जालमार्फत शुभकामना आदानप्रदान गरिरहेको प्रेस युनियन मोरङका सभापति कुमार लुइटेलले जानकारी दिए ।