काठमाडौँ १३ जेष्ठ ।
नेपालमा थप ९० जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा ९० संक्रमित थपिएको जानकारी दिए ।
अहिलेसम्म नेपालमा १५५ जना कोरोना संक्रमित उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म १ सय २४ जना पुरुष र ३१ जना महिला कोरोना लाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।