Birat Post सोमबार, जेठ १२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १२ जेष्ठ ।
लकडाउन संगै नेपाली कांग्रेस विराटनगर महानगरले बिरामी तथा कुरुवाहरुलाई खाना खुवाउन शुरु गरेको अभियानले ५० औ दिन पुरा गरेको छ । नगरका कार्यबाहक सभापति अरुण न्यौपानेको संयोजनमा खाना खुवाउने अभियान शुरु भएको हो । नोबेल मेडिकल कलेज विराटनगरमा उपचारमा आउने बिरामी र बिरामीका कुरुवाहरुलाई महानगर समितिले दिनहु खाना खुवाउने काम गरिरहेको छ ।

लकडाउनका कारण खाना खाने स्थानको अभाव झेलिरहेका हजारौ बिरामी र विरामीका कुरुवाहरुले राहत पाएका छन् । यसका लागि नगरका कार्यबाहक सभापति अरुण न्यौपानेले गरेको कार्यको चौतर्फी प्रशंसा भएको छ । साझको समयमा नोबेल अस्पतालमा खाना बितरण हुने गरेको छ ।

यो कार्यक्रममा नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइराला, कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल, नेपाली कांग्रेस मोरङ अध्यक्ष डिग बहादुर लिम्बु ,प्रमुख सचेतक तथा प्रदेशसभा सदस्य केदार कार्की ,विराटनगर महानगरका मेयर भीम पराजुली ,उपमेयर इन्दिरा कार्की,कांग्रेस मोरङ जिल्ला सचिव मोदराज घिमिरे ,सदस्य राजेश गुप्ता,ट्रेड युनिय प्रदेश १ का अध्यक्ष नारायण वाबु कार्की , मोरङ जिल्ला अध्यक्ष शुसिल कोइराला लगायतले खाना खुवाउने अभियानमा सरिक भइसकेका छन् ।

लकडाउनका कारण खाना खाने स्थानको अभाव झेलिरहेकाहरुलाई मध्यनजर गर्दै थालिएको अभियान फलदायी भएको कार्यबाह सभापति न्यौपानेले बताए । उनले सामाजिक भावका साथ गरिएका कामको सवैले प्रशंसा गरिदिएकोमा आभार समेत व्यक्त गरेका छन् । यस संगै महानगर समितिका उपसभापति प्रबिण जोशी,पंकज बर्मा,सचिव प्रकाश दाहाल ,कोषाध्यक्ष सन्तोष अधिकारी लगायतका ब्यक्तिहरु महिनौ देखि खाना खुवाउने अभियानमा जुटिरहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
पाकिस्तान बन्यो एसियन ई स्पोर्ट्सको च्याम्पियन
देशको शासन व्यवस्था स्वेच्छाचारितातर्फ उन्मुख भएको पूर्व न्यायाधीशहरुको ठहर
नेपाल नर्सिङ संघ मोरङमा बरिष्ठ नर्सिङ निरिक्षक लजिता योन्जन निर्वाचित

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: biratpost@gmail.com 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

biratpost@gmail.com

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल