विराटनगर ८ जेष्ठ ।
लकडाउनको मौका छोपेर कालोबजारी हुनेक्रम बजारमा ह्वात्तै बढेको छ । अखाद्य पदार्थ तथा म्याद गुज्रेका गुणस्तरहीन सामान समेत बजारमा पाइन थालेको छ । बिराटनगरका एक उपभोक्ताले किरा परेको सुजि बजारमा बिक्री भइरहेको भन्दै सचेत गराएका छन् । विराटनगरका पुष्पराज दाहालले खाद्यपदार्थमा भइरहेको अवस्थावारे सामाजिक सन्जालमा बास्तविकता खोजि गर्न आग्रह गरेका छन् ।
श्री राम प्याकेजिङ्ग उद्योग बिराटनगरद्वारा प्याकिङ्ग गरिएको सुजि सडेको साथै किरा भेटिएको भन्दै उनले अनुगमन गर्न आग्रह गरेका छन् । एउटा प्याकेट मात्र होइन अन्य प्याकेट समेत सडेको पाइएको भन्दै उनले अनुगमन गर्न आग्रह समेत गरेका छन् ।