विराटनगर ८ जेष्ठ ।
भारत र बंगलादेशमा आएको अम्फान आँधीका कारण लाखौ मानिस बिस्थापित भएका छन् । यस्तै २ दर्जन भन्दा बढिको ज्यान गएको अनुमान गरिएको छ । तीव्र बेगमा आएको हावाहुरी र वर्षाका कारण त्यसक्षेत्रको जनजिवन प्रभावित बन्न पुगेको छ ।
भारतको कोलकाता ,बंगलादेशसमा यसको ठूलो असर परेको छ । बीबीसीका अनुसार तीस लाख मानिस विस्थापित भएको बताएको छ । सरकारले केही दिन अगावै सुचना जारी गरेकाले धेरै मानिसको ज्यान जोगिएको छ ।