Birat Post मंगलबार, जेठ ०६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

एजेन्सी-भारत / प्रशासित क्षेत्र जम्‍मु काश्मिरस्थित श्रीनगरमा दुई वर्षपछि भारतीय सेना र आतंकवादीबीच भएको भिडन्तमा पछिल्लो १२ घण्टामा २ जना आतंकवादीको मृत्यु भएको छ।

भारतीय सेनाले गरेको कारबाहीका क्रममा दुई जना आतंकवादीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतीय सञ्चार माध्यमका अनुसार सोमबार राति २ बजे अपरेशन सुरु भएको र त्यहाँ दुई जना आतंकवादी लुकेर रहेको बताइएको छ। जसमा एक अलगाववादी हुर्रियत कन्फ्रेन्सका प्रमुख मोह्मद अशरफ सहराईको छोरा हुन सक्‍ने बताइएको छ।

राति २ बजे आतंकवादीले ग्रिनेट फ्याकेपछि सेनाले घेराबन्दी गरेर अपरेशन सुरु गरेको काश्‍मिरको क्षेत्रीय पुलिसले ट्विटरमार्फत जानकारी दिएका थिए।

सेनाले अपरेशन सुरु गरेपश्चात श्रीनगरमा बीएसएनएल बाहेक सबै फोन तथा मोबाइल इन्टरनेट बन्द गरिएको छ। यसअघि दुई हप्ता पहिले ६ मेमा सुरक्षा बलले पुलवामा हिजबुलका काश्मिर कमाण्डर रियाज नायकूलाई मारेका थिए।

सम्बन्धित

ताजा अपडेट
रास्वपाको सचिवालय बैठक बस्दै
अधिकांश भागमा जलवाष्पयुक्त हावाको प्रभाव
विकास राजाको पालामा मात्रै भयो, गणतन्त्रले त लुटेरा जन्मायो -सांसद ज्ञानेन्द्र शाही

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल