विराटनगर ६ जेष्ठ ।
आज मंगलबार देशभर सामान्यतया मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहने बताएको छ ।
स्थानीय वायुको प्रभाव कायम रहेका कारण अपराहन्नपछि केही स्थानमा क्षणिक वर्षा र हावाहुरी चल्ने सम्भावना रहेको छ ।चक्रवत आधिको असर नेपालमा पर्न सक्ने नसक्ने भन्ने विषयमा भने मौसम पूर्वानुमान महाशाखाले केही खुलाएको छैन ।