विराटनगर, ४ जेठ ।
विराटनगरमा दुइ जनामा कोरोना सक्रमण पुष्टि भए संगै सक्रमित बस्ने क्षेत्रमा शिल गरिएको छ । विराटनगरको वडा नं.६ र वडा नंं १५ मा सक्रमित बसेको स्थान र क्षेत्रलाई तत्कालका लागि शिल गरिएको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिए । विराटनगरमा संक्रमित २९ वर्षकी महिला र ३६ वर्षिय पुरूष रहेका छन् ।
उनिहरुलाई कोशी अस्पताल ल्याइसकिएको छ । उनिहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । विराटनगरमा लकलाउनलाई अझ कडाइ गर्ने विषयमा समेत छलफल भइरहेको मेयर पराजुलीले जानकारी दिए ।