विराटनगर, ४ जेठ ।
विराटनगरमा दुइ र धनकुटामा एक जनामा कोरोना सक्रमण पुष्टि भएको छ । विराटनगरमा संक्रमित २९ वर्षकी महिला र ३६ वर्षिय पुरूष रहेका छन् । आइतबार नै धनकुटामा पनि १ एकजना महिलामा पनि कोरोना संक्रमण देखिएको छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा तीनजनाको रिपोर्ट पोजेटिभ देखिएको प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । यो संगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ ।