काठमान्डौं ४ जेष्ठ ।
आज देशभरको तापक्रम वृद्धि भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसममा आएको फेरबदलका कारण केहीदिन देशभर तापक्रम बृद्धि हुने छ । देशका सबै भागहरुमा मौसम सफा रहेको छ । तराइ क्षेत्रमा केही हावा सहित टन्टलापुर घाम लागेको छ । पहाडी क्षेत्रको समेत मौसम सफा रहेको छ ।
महाशाखाका अनुसार आज सबैभन्दा बढी भैरहवाको अधिकतम तापक्रम ३९ दशमलव चार डिग्री सेल्सियस छ भने धनगढीको ३७ दशमलव पाँच, दिपायलको ३६ दशमलव पाँच, वीरेन्द्रनगरको ३४ दशमलव पाँच, दाङको ३४ दशमलव सात, पोखराको ३१ दशमलव शून्य , सिमराको ३६ दशमलव पाँच र धनकुटाको २६ दशमलव छ डिग्री सेल्सियस अधिकतम तापक्रम रहेको छ ।