विराटनगर ३ जेष्ठ ।
नेपालमा पछिल्लो तथ्यांकअनुसार कोरोना भाइरसबाट संक्रमित हुनेमा किशोर तथा युवा अवस्थाका ब्यक्तिहरु बढी रहेको पाइएको छ ।
तथ्यांकअनुसार ११ देखी २० वर्ष उमेर समूह पनि सक्रमित भएको पाइएको छ । यो समूहका ४९ जना संक्रमित छन् । सबैभन्दा बढी २१ -३० उमेर समूह सक्रमित भएका छन् । यो उमेर समूहका ८२ जना संक्रमित छन् । यस्तै ३१- ४० उमेर समूहका ६९ जना संक्रमित छन् ।
यो तथ्यांकले पनि पुष्टि गर्दछ नेपालमा अन्यदेश भन्दा सक्रमण हुने उमेरमा फरक पन पाइएको छ । यीमध्ये ३६ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार संक्रमितमध्ये ५४ महिला र २ सय १९ जना पुरुष रहेका छन् । यसमा पनि महिला भन्दा पुरुषहरुमा सक्रमणको संख्या बढी रहेको पाइएको छ ।
नेपालभर विभिन्न अस्पतालमा संक्रमितको उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल नेपालमा कोरोना सक्रमितको संख्या २ सय ७३ पुगेको छ ।