Birat Post शुक्रबार, जेठ ०२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं ,२ जेष्ठ । काठमाडौं महानगरपालिकाका ३१ जनालाई आरडीटी परिक्षणमा कोरोना देखिएको छ। महानगरपालिकाले आफ्ना सफाई कर्मचारीका लागि केहि दिनदेखि आरडीटी विधीबाट परिक्षण गरिरहेको छ। यसक्रममा शुक्रवार ५ सय कर्मचारीको टेस्ट गरिएको थियो।

टेस्ट गरिएका मध्ये ३१ जनालाई कोरोना पोजेटीभ देखिएको उपकार्यकारीलाई उदृत गर्दै काठमाडौं महानगरपालिका वडा नम्वर १६का वडा अध्यक्ष मुकुन्द रिजालले जानकारी दिएका छन्।

परिक्षणमा कोरोना पोजेटीभ देखिएका सबैलाई महानगरपालिकाले शुक्रवार क्वारेन्टाइनमा राख्ने भएको छ। उनीहरुलाई महानगरपालिकाले आफ्नो टेकुस्थित वातावरण विभागमा राख्ने विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिएका छन्।

आरडीटी परिक्षणमा पोजेटीभ देखिएकाहरुलाई पीसीआरबाट पनि परिक्षण गराउने महानगरको तयारी छ।

शुक्रवार परिक्षण गरिएकाहरु अधिकांश महानगरका सफाइ कर्मचारीहरु हुन्। उनीहरु बाहेक पनि ठूलो संख्यामा नीजि क्षेत्रबाट पनि काठमाडौंमा फोहोर संकलन हुँदै आएको छ। उनीहरुको भने अझै पनि कुनै पनि विधीबाट कोरोना परिक्षण भएको छैन।
स्रोत :हाम्रा कुरा डट.कम

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल