काठमान्डौ २ जेष्ठ ।
नेपालमा कोरोना सक्रमितको संख्या २ सय ५८ पुगेको छ । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भए संगै कोरोना सक्रमितको संख्या बढेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप ९ जनालाई कोरोनाको संक्रमण पुष्टि भएको हो ।
उनीहरु मध्ये एक जना मकवानपुरका ३७ वर्षीय पुरुष छन् भने बाँकी बाँके नैरापुरको वडा नम्बर १, ३ र ५ का ८ जना पुरुष छन् ।