भयो मलाई अब तिम्रो गुन चाहिंदैन
त्यो तिम्रो समुन्द्रकाे नुन चाहिदैन
बरू भाेकै प्यासै बसी म मर्न तयार छु
तर तिम्रो त्यो ल्हासाकाे सुन चाहिंदैन
जानेकाे थें सुत काट्न, फेरि काट्ने छु
अब तिम्रो त्यो मखमली उन चाहिंदैन
तिमी थाेरै दिएर धेरै लिन खाेज्दाेरहिछाै
भाे अब तिमीले दिने कुनै सगुन चाहिंदैन
म अाफ्नाे धराकाे अध्यारोमा नै मस्त हुन्छु
त्यो तिम्रो धर्तीकाे झिलमिल जुन चाहिँंदैन
विन्ति छ ! वापस जाउ मेराे धरा बाट तिमी
हेर, बेकारमा मलाई कसैको खुन चाहिंदैन