Birat Post बिहिबार, जेठ ०१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

झापा १ जेष्ठ ।

भारतको सीमावर्ती क्षेत्र काँकरभिट्टा हुदै नेपाल आउने नेपालीको संख्या सीमा क्षेत्रमा ह्वात्तै बढेको छ । सयौ नागरिकहरु सीमाक्षेत्रमा बसिरहेका छन् । सीमा क्षेत्रमा नेपाली आउने र बस्ने क्रम बढेसंगै झापा प्रहरीले नाम संकलन गर्ने कामलाई अगाडी बढाएको छ । भारतका विभिन्न शहरहरूमा रोजगारीमा गएकाहरु अहिले नेपाल फर्किरहेका छन् । गृहको निर्देशन पर्खेर बसेको प्रहरीले तत्काललाई नाम संकलन गरेर नागरिकहरुलाई मलहम पट्टी लगाउने काम गरिरहेको छ ।

भारतमा मजदुर फर्काउन भारतले ट्रेन चलाउन थालेपछि नेपालीहरू सीमाक्षेत्रमा आउने क्रम जारी छ । सीमामा रोकिएका नागरिकलाई नेपाल भित्राउने र क्वारेन्टाइनमा राख्नका लागी आवश्यक पहल भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए । भारतवाट आएकाहरुलाई झापाको भद्रपुरमा रहेको मेची बहुमुखी क्याम्पस,आदर्श मावि र कलबलगुडी प्रशिक्षण केन्द्रमा बनाएको क्वारेन्टाइनमा राख्ने ब्यवस्था गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
उपनिर्वाचनमा केन्द्रीय नेताहरुको चासो,राप्रपा अध्यक्ष लिङ्देन र प्रवक्ता शाही मंगलबार ग्रामथान आउदै
आठ जना एसएसपी डिआइजीमा बढुवाका लागि सिफारिस
प्रसाईँलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल