Birat Post बिहिबार, जेठ ०१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

जेठ १ विहिवार /
टर्कीका फुटबलर केभर टोक्टासले आफ्नो पाँच वर्षीया छोराको हत्या गरेका छन् । उनले यो कुरा प्रहरीमा केरकार पछी स्विकार गरेका हुन् । ३३ वर्षीय टोक्टासले हत्या भएको ११ दिनपछि प्रहरीसामु छोराको हत्या गरेको स्वीकार गरेका हुन् । सुपर लिगका पूर्वखेलाडी टोक्टासले २३ अप्रिलमा छोरालाई काशिम अस्पतालमा भर्ना गरेका थिए ।

त्यसपछि छोरालाई अस्पतालबाट निकालेर उनी र उनका छोरा उच्च ज्वरो र कोरोना भाइरसको लक्षण देखिएको भन्दै क्वारेन्टाइनमा बसेका थिए । केही दिनपछि उनले छोरालाई श्वासप्रश्वासमा गाह्रो भएको भन्दै डाक्टरलाई बोलाएका थिए । डाक्टर आउँदा छोराको मृत्यु भइसकेको थियो र कोरोनाको आशंका गर्दै उनले छोराको मृत्यु भएको बताएका थिए ।

तर, कार्सी प्रहरी चौकीले उनीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गर्दा उनले हत्या गरेको स्वीकारेका हुन् । उनले आफ्नो छोरालाई कहिल्यै माया नगरेको भन्दै अस्पतालमा नै हत्या गरेको बताएका छन् । उनले १५ मिनेट सिरानीले नाम–मुख थिचेर आफ्नो छोराको हत्या गरेको स्वीकार गरेका हुन् ।उनलाई मुद्दा चलाउने तयारी थालेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । एजेन्सी ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल