विराटनगर ३१ बैशाख ।
¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गर्दा पोजेटिभ देखिएका विराटनगरका एक ब्यक्तिको पीसीआर परिक्षणमा नेगेटिभ देखिएको छ । विराटनगर महानगरले सोमवार र मंगलबार सञ्चालन गरेको आरडीटी परिक्षणमा विराटनगर वडा नं ९ का एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको थियो ।
उनको पीसीआर विधिबाट थ्रोट स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको विराटनगर महानगरका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । लक्षण आशंका गरिएका व्यक्ति केहि महिना अगाडी भारतबाट फर्किएको बुझिएको छ ।