विराटनगर ३० बैशाख ।
भारतीय प्रहरीले मारिदिने धम्कि दिए संगै नेपाल भारतको सीमावर्ती क्षेत्र विराटनगर रानीबाट नेपाली नागरिक नेपाल भित्रिएका छन् ।
दिल्लीवाट आएका ११ जना र छपराबाट आएका ४ जना गरी १५ जना नेपाली हारगुहार माग्दै मंगलवार विहान नेपाल पसेका हुन् । भारतीय प्रहरीले गरेको अत्यचार सहनु भन्दा आफ्नौ देशमा मर्न पाइयोस भनेर नेपाल छिरेको उनीहरुले बताएका छन् । उनीहरुलाई प्रहरीले हुलास मेटलको छेउमा रोकेर राखेको छ ।
नेपाल छिरेका नागरिकले भारतका धेरै स्थानमा अलपत्र अवस्थामा नेपाली बसिरहेको दर्दनाक पिडा सुनाए । भोक,प्यासै बस्दै धेरै दिनमा नेपाल भूमी टेक्न पाएकोमा खुसी लागेको उनीहरुले बताएका छन् । भारतीय प्रहरीले सिमाक्षेत्रवाट नेपाली नागरिकलाई आफ्नो देश भित्रनका लागि दवाव दिने गरेको छ । उनीहरुले धाक,धम्कि दिएर समेत नेपाली नागरिकलाई नेपाल छिर्न बाद्य बनाउने गरेका छन् ।