रोशिका अधिकारी मंगलबार, बैशाख ३०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ३० बैशाख /
नेपाल,भारतको सीमावर्ती क्षेत्रमा हजारौको संख्यामा नेपाली नागरिक अलपत्र परेका छन् । भारतमा लकडाउन केही खुकुलो भए संगै सीमामा आउने नेपालीको संख्या सोमवार र मंगलवार ह्वात्तै बढेको छ । नेपाल ,भारत सुरक्षा स्रोतका अनुसार नेपाल भारतको सीमामा धेरै नेपालीहरु अलपत्र अवस्थामा बसेका छन् ।

यस विषयमा सरकार गम्भिर नबन्दा अनाहकमा नेपाली नागरिकले दुःख पाइरहेका छन् । यसै विषयलाई लिएर सरकारको समेत आलोचना भएको छ । सीमामा अलपत्र परेका नागरिकले क्वारेन्टाइनमा बसेर आफ्नो देशमै बस्न चाहेको बताइरहदा समेत राज्यका निकाय मौन बसेकोमा उनिहरुमा आक्रोश बढेको देखिन्छ ।

विराटनगर रानी सीमामा भारतवाट फर्किएका शिभा श्रेष्ठले राज्यले समयमै सचेतता नअपनाएका कारण लुकिछिपि कतिपय स्थानवाट नागरिकहरु नेपाल भित्रिरहेको बताए । क्वारेन्टाइनमा बस्छौ भन्दा राज्य बेखवर छ श्रेष्ठले भने ।” पूर्व मेची देखि पश्चिम सम्मै नेपाल भारतको सीमा क्षेत्रमा यो समस्या बढेको छ । सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले समेत नेपाली नागरिक सीमा क्षेत्रमा अलपत्र परेको सूचना गृह मन्त्रालयमा जाहेर गरिसकेको छ ।

सशस्त्र प्रहरी बलले गृह मन्त्रालयका बुझाएको विवरणअनुसार सोमबार चार बजेसम्म नेपाली सीमा नाकामा २ हजार ३ सय ८५ जना रहेको देखिन्छ । यो संख्या मंगलवार सम्ममा दोब्वर बढ्ने अनुमान प्रहरीको छ । भारतमा लकडाउन खुकुलो भए संगै नेपाली नागरिक सीमा क्षेत्रमा जम्मा हुन थालेका छन् । कतिपय भने लुकिछिपि नेपाल प्रवेश गरिरहेका छन् ।

अलपत्र नागरिकलाई क्वारेन्टाइनमा राखौ

राज्यले सहि निर्णय गर्न नसक्दा कोरोना भित्रने भन्दै विराटनगर महानगरका मेयर भीम पराजुलीले सरकारको रवैयाको आलोचना गरेका छन् । उनले सीमा क्षेत्रमा अलपत्र नागरिकलाई क्वारेन्टाइनको व्यवस्था गरेर नेपाल भित्राउनु पर्ने धारणा सार्वजनिक गरेका छन् । नेपाली नागरिक सीमा क्षेत्रवाट लुकिछिपि नेपाल छिरिरहेको र त्यसवाट कोरोना सक्रमणको दर बढ्न सक्ने आशंका मेयर पराजुलीले गरेका छन् । राज्यले अलपत्र नागरिकको हकमा तत्काल निर्णय गरेर व्यवस्थापन गर्न समेत आग्रह गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल