विराटनगर २८ बैशाख ।
लोहन्द्रा केराबारी साझेदारी बन ब्यवस्थापन समुह विराटनगर १९ ले विराटनगर महानगरको कोरोना विपत कोषमा जम्मा हुनेगरी ४० हजार रुपैया सहयोग गरेको छ । बन ब्यवस्थापन समुह अध्यक्ष आशा कुमारी साहले ४० हजार रुपैयाको चेक आइतवार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलाई हस्तान्तरण गरेकी छन् ।
विपन्न परिवारलाई सहयोग होस भन्ने उदेश्यका साथ उक्त रकम प्रदान गरिएको साहले बताइन् । रकम हस्तान्तरणमा विराटनगर महानगर वडा नं.१९ का वडाध्यक्ष बद्रीकुमार सरदारले वडामा रहेको संस्था मार्फत आएको रकम सानो भए पनि कोष बृद्धिमा सघाउ पुग्ने बताए ।