विद्यार्थी अलपत्र छन् ,परिक्षा रोकिएर
व्यापारी खिन्न छन् बन्दी सुनेर
मजदूर हतास छन् काम नपाएर
सरकार निरस्त छ अर्थव्यव्स्था डगमगिएर ।
समय को पल्टवार ले स्तब्ध छ विश्व
कोरोनो को डर ले आहत छ जनजीवन
लाकडाउन को पोको मा बाँधिए सब खुशी हरू
तर यसै बीच पानी ले रसेका हर्षित आँखाहरू ।
अचम्म पो लाग्यो कसका हुन् ती आँखा
को यस विकट परिस्थिति मा पनि प्रशन्न छ
मन मा हजारौं प्रश्नहरू केलाउन थाले
उत्तर भने पाईन,जिज्ञासा क्रोध मा परिणत भइसक्यो ।
खोज्नैपर्छ यसता मायामारेकाहरूलाई दृढसंकल्प गरें
चारैतीर खोजपडताल गरे तर जवाफ चाँहि भेटिन
मन विचलित र अशांत हुन थाल्यो
एक्कासि वृद्ध आमा बुवाको न्यानो हाथ को अनुभव गरें
पल्टेर हेर्दा संतुष्ट र तृप्ट अनुहार अगाडि आयो
शब्दहरू स्वतः मौन भइहाले,आँखा बाट अविरल आंशू वग्न थाल्यो
लाकडाउन वाट हर्षित आँखा को रहष्य खुलिसकेको थियो ।
सम्पूर्ण जीवन संतानका लागि होमेका वृद्ध आमा बुवा
किन लाकडाउन मा खुशी छन् थाहा पाए
स्वयं लाई प्रश्न गरे को हो माया मारेको ?
लाकडाउन लाई पर्खेका ती विवश आँँखा अथवा हामी व्यस्त संतान ।